बैशाख २२, २०८१, शनिबार
               

जीवन विकासको आइपिओमा साढे १८ लाखको आवेदन, आज अन्तिम दिन

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

जीवन विकास लघुवित्तको आइपिओमा अहिलेसम्म साढे १८ लाखको आवेदन परिसकेको छ । आवेदन दिने आज अन्तिम दिन हो । जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गरिरहेको छ ।

यसमध्ये ०.५ प्रतिशत अर्थात ३० हजार  ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा एनएमबी क्यापिटल बिक्री प्रबन्धकको काम गरेको छ । सोमबार साँझसम्म झण्डै साढे १८ लाख लगानीकर्ताले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । यो हालसम्मकै उच्च आवेदन हो ।


कस्तो लाग्यो ?

यो पनि