काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताएका छन् ।
शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमूलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताए ।
उनले अघि भने- ‘फजुल खर्च धेरै नहुने ठाउँमा लगानी बजेट लगानी गरिने हुनाले ऋणको पासोमा हामी पर्दैनौं ।’