मंसिर ०७, २०८१, शुक्रबार
               

मङ्गलसेन नगरपालिकाको ५३ करोडको बजेट

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ । ‘नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता उपाध्यायले उक्त बजेट प्रस्तुत गरेकी हुन् । 

पाध्यायले वडातर्फ १४ वटै वडामा तीन करोड ४८ लाख विनियोजन गरिएको जानकारी दिनुभयो । नगरपालिकाले पूँजीगततर्फ रु १३ करोड र चालुतर्फ रु २२ करोड विनियोजन गरिएको नपाका सूचना अधिकारी विष्णु जैसीले बताए । 

पहिलेको तुलनामा नगरमा विकासका कार्यले तीब्रता पाएको, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायतमा आफ्नो बलबुताले भ्याएसम्म काम गरेको र जनताले विकासको अनुभव गरेको नगर प्रमुख पदम बोहराले जानकारी दिए । 

नगरसभामा गत वर्षको प्रमुख उपलब्धि तथा चालू आर्थिक वर्षको वित्तीय प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । यसैगरी नगरसभामा स्वास्थ्य स्वयंसेविका, विभिन्न कर्मचारी, जनप्रतिनिधिलगायत १६ व्यक्तिलाई सम्मानसहित पुरस्कृत गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि