बैशाख २०, २०८१, बिहीबार
               

वीरगञ्ज महानगरको बजेट तीन अर्ब ५५ करोड ३५ लाख

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति कार्कीले चालु तर्फ एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन तर्फ छ करोड ६० लाख विनियोजन गरेको जानकारी दिए । 

प्रदेश नं. २ को  एक मात्र महानगरपालिकका विनियोजित बजेट मध्ये समाजिक विकासका क्षेत्रमा एक अर्ब १५ करोड ५८ लाख,  पूर्वधार विकास क्षेत्रमा एक अर्ब ३५ करोड ६६ लाख र कार्यालय तर्फ ८० करोड ७३ लाख रहेको छ ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अगामी आर्थिक वर्षमा गर्भवती तथा बालबालिकाका लागि पोषण, वर्थिङ सेन्टरको भवन निर्माण, पूर्वाधारको विकास, सामुदायिक विद्यालयको स्तरोन्नती ,स्वास्थ्य सुबिधाको विकास, ज्येष्ठ नागरिक सम्मान , कृषि  तथा कृषको विकासमा केन्द्रीत रही काम गर्ने नीति तथा कार्यक्रम ल्याएको बताए ।


कस्तो लाग्यो ?

यो पनि