बैशाख २३, २०८१, आइतबार
               

सेयर बजारको लगातार गिरावट, १८० कम्पनीको सेयर मूल्य घट्यो

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । शेयर बजार परिसूचक-नेप्सेमा सोमबार एकैदिन ७१.०६ अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २ हजार ८ सय ३४ दशमलब ४ विन्दुमा आइपुगेको छ। यसअघि, साताको पहिलो दिन आइतबार पनि ६३ भन्दा बढी अंकले नेप्से घटेको थियो । गत साता नेप्सले ३ हजार विन्दु पार गरेको थियो ।

सबै समूहका सूचक घटेका छन् । फाइनान्स र जलविधुत् समूह ५ प्रतिशतभन्दा बढी तथा विकाश बैंक र होटल तथा पर्यटन समूहको सूचक ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

सोमबार कारोबार भएका एक सय ८० वटा कम्पनीको सेयर मूल्य घटेको छ। नेप्सेले एक लाख ३० हजार ३ सय ९७ कारोबार भएकामा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर खरिद विक्री भएको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि