जेठ ०४, २०८१, शुक्रबार
               

पर्यटनमन्त्रीले भने-‘संक्रमणको जोखिम नघटेसम्म आन्तरिक उडान खुल्दैन’

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । पर्यटनमन्त्री उमाशंकर अरगरियाले कोभिड संक्रमणको उच्च जोखिम नै रहेकाले तत्कालै आन्तरिक उडान नखोल्ने जानकारी दिएका छन् ।

'अन्तर्राष्ट्रियतर्फ केही गन्तव्यमा साताको दुईवटा उडान गराउने तयारी भएको छ । कोभिड संक्रमणको जोखिम कायमै रहेकाले आन्तरिक तर्फका नियमित उडान तत्कालै खोल्ने सम्भावना छैन,’ उनले बिजमाण्डूसँग भने, ‘सीसीएमसीले सिफारिस गरेपछि एक/दुई सातापछि मात्रै उडान खुला गर्नेछौं ।’

उनका अनुसार आन्तरिक उडान खुला गर्ने बारेमा सीसीएमसीबाट कुनै जानकारी आएको छैन । पर्यटन सचिव यादव कोइरालाले छलफल चले पनि आन्तरिक उडान तत्कालै खोल्ने बारेमा सकारात्मक जवाफ नआएको बताए ।

'आन्तरिक उडान सुरु गर्नका लागि क्याबिनेटलाई कन्भिन्स गराउनुपर्छ । अहिले नै केही भन्ने सम्भावना छैन,' उनले भने ।


कस्तो लाग्यो ?

यो पनि