जेठ ०४, २०८१, शुक्रबार
               

आज एकैदिन सेयर काराेबार रकम साढे ४ अर्ब घट्यो

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

सेयर बजार परिसूचक नेप्सेमा आज पनि सामान्य गिरावट आएकाे छ । आज १ दशमलव २९ अङ्कले घटेर दुई हजार ९६८ दशमलव ४३ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । सोमबार हिजो ५२ अङ्कभन्दा धेरैले घटेक थियो । 

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको सुचि सार्वजनिक गरेसँगै सेयर बजारमा कारोबार ह्वात्तै घट्न थालेको छ । आज नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि घटेको छ ।

आज १० अर्ब ९० कराेड रुपैयाँ बराबरका दुई करोड तीन लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । हिजो १५ अर्ब ४५ करोड रुपैयाँ बराबरकाे दुई करोड ८२ लाख कित्ता सेयर कारोबार भएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि