जेठ ०४, २०८१, शुक्रबार
               

एकै दिन ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य अधिकतम ११ सय रुपैयाँले घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार गत बुधबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो । 

गत बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । 

यता चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३४० रुपैयाँ कायम भएको छ । 


कस्तो लाग्यो ?

यो पनि