बैशाख ०८, २०८१, शनिबार
               

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोड बजेट

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

प्रदेश-२ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले चालू आर्थिक वर्षभन्दा २३ करोड ४ लाख ४१ हजार बढीको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत र पूँजिगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ०.३ प्रतिशत अर्थात १० करोडको बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक श्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारको तर्फबाट प्राप्त अनुदान १३ अर्ब ९० करोड ३४ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालूआर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ३५ करोड रकमबाट बजेट व्यवस्थापन गरिने छ । त्यस्तै कम भएको १ अर्ब न्यून रकम आन्तरिक ऋणबाट उपर गरिने छ।

कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रतिकूल असरलाई ध्यानमा राख्दै प्रदेश सरकारले बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, औषधी लगायत खरिद गर्नका लागि २० करोड बजेट विनियोजन गरिएको छ।

त्यस्तै प्रदेश सरकारको महत्वाकांक्षी योजना ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमका लागि २० करोड रकम विनियोजन गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि