चैत १६, २०८०, शुक्रबार
               

गण्‍डकी सरकारले चालु वर्षभन्दा ३ अर्ब रुपैयाँ कम बजेट ल्याउँदै

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

पोखरा । सत्ता सम्हालेको ३ दिनमै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आज बजेट ल्याउँदै छ । यसअघि आर्थिक कार्यविधि परिमार्जन गरेर असार १५ सम्म बजेट ल्याउने तयारी रहे पनि यसअघिकै गुरुङ सरकारले तयार गरेको बजेट आज नै प्रस्तुत गरिने भएको हो । आज बेलुका ४ बजे मुख्यमन्त्री पोखरेल आफैंले बजेट भाषण गर्दैछन् ।

शनिबार गठन भएको सरकारलाई आज बजेट ल्याउनुपर्ने बाध्यता छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ (२) अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता छ ।

गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा बजेट घटेर आउने भएको छ । चालु आर्थिक वर्षभन्दा करिब ३ अर्ब रुपैयाँ घटेर आगामी आर्थिक वर्षका लागि बजेट आउने देखिएको छ । चालु आर्थिक वर्षमा ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक आम्दानी र संघबाट आउने अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेट खुम्चिने भएको हो ।

गण्डकीलाई संघ सरकारले आगामी आवका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि गण्डकीले १३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ अनुदान पाएको थियो । आउँदो आर्थिक वर्षका लागि भने करिब ३३ करोड रुपैयाँ घटेर आएको छ । 


कस्तो लाग्यो ?

यो पनि