बैशाख ०७, २०८१, शुक्रबार
               

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

आज सोमबार शेयर बजार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । आज लगानीकर्ताको उत्साह बढ्दै गएकाले नेप्से परिसूचकले उच्च विन्दुमा पुगेर बन्द भएको छ। 

सोमबार नेप्से ४२.२४ अंकले बढेर नेप्से परिसूचक ३ हजार २५.३४ अंकमा पुगेर कोरोबार बन्द भएको छ । आज कोरोबारमा आएका २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१८ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज ११२ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ भने १० वटा कम्पनीको मूल्य स्थिर छ।

आज होटल एन्ड टुरिजम उपसमूह ४.२५ प्रतिशतले बढेको छ भने बैंकिङ सब इन्डेक्स २.७२ प्रतिशत, इन्भेष्टमेन्ट सबइन्डेक्स ३.३६ प्रतिशत र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सब इन्डेक्स २.२७ प्रतिशतले वृद्धि भएको छ।

नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने अन्य एक दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, गुडविल फाइनान्स र ग्रीन लाइफ हाइड्रोपावर लगायतको शेयर मूल्य गिरावट आएको छ।


कस्तो लाग्यो ?

यो पनि