बैशाख ०६, २०८१, बिहीबार
               

नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको छ ।

बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला ३०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य भने बढेको छ । बुधबारकाे तुलनामा ५ रुपैयाँले बढेर १ हजार ३५५ खरीदविक्री भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि