बैशाख ०५, २०८१, बुधबार
               

आव २०७८/७९मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । विश्व बैंकले नेपालको आगामी आर्थिक वर्ष २०७८/७९ अर्थिक वर्षमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।विश्व बैंकले विश्व अर्थतन्त्रसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै सो प्रक्षेपण गरेको हो । 

सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले सरकारले गरेको अनुमानभन्दा करिब आधा कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने बताएको हो । सरकारले आगामी आव २०७८/७९ को बजेटमा ६.५ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ ।

विश्व बैंकको पछिल्लो अनुमानअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदरसमेत सरकारले गरेको अनुमानको तुलनामा कम हुनेछ ।

चालु आवमा सरकारले चार प्रतिशत हाराहारी आर्थिक वृद्धि प्राप्त हुने संशोधित अनुमान गरेको छ । तर, विश्व बैंकले भने मात्र २.७ प्रतिशत सम्मको वृद्धिको अनुमान गरेको छ ।

सरकारले चालु आवको बजेटबाट ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको छ। तर, यो लक्ष्यलाई गत वैशाखमा केन्द्रीय तथ्यांक विभागले ४ प्रतिशतमा झारेर संशोधन गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि