जेठ ०८, २०८१, मंगलबार
               

आज ७०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। सुन आज ७०० रुपैयाँ बढेको हो।

गत हप्ता आइतबार २०० ले बढेको थियो। सोमबार पनि २०० ले बढेको थियो। मंगलबार सुन ३०० बढेको थियो भने बुधबार स्थिर रह्यो ।  बिहीबार चार सयले बढेको सुन शुक्रबार १५ सयले घटेकाे थियो ।

आज छापावाला सुनको प्रतितोला ९४ हजार १०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ६०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज बढेको छ । तोलामा १५ रुपैयाँले बढेर एक हजार ३५५ मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि