जेठ ०८, २०८१, मंगलबार
               

एकैदिन  १५०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्यमा पनि तोलामा ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ ।

यस हप्ता आइतबार २०० ले बढेको थियो। सोमबार पनि २०० ले बढेको थियो। मंगलबार सुन ३०० ले बढेको थियो भने बुधबार स्थिर थियो। बिहीबार ४०० रुपैयाँ बढेको थियो ।


कस्तो लाग्यो ?

यो पनि