जेठ ०२, २०८१, बुधबार
               

कहाँ कहाँ खुल्यो अन्तर्राष्ट्रिय उडान ?

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

काठमाडौं । निषेधाज्ञा सुरू भएको केही दिनपछि बन्द गरिएको अन्तर्राष्ट्रिय हवाइसेवा सातामा पाँच दिन खोलिएको छ ।

पर्यटन मन्त्रालयले सोमबारदेखि शुक्रबारसम्मका लागि सीमित विमानले उडान भर्ने गरी अन्तर्राष्ट्रिय उडान खुला गरिएको हो । शनिबार र आइतबार भने विदेश उडान हुने छैन । आन्तरिक हवाइसेवा भने अझै खोलिएको छैन ।

पाँच वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडानका लागि अनुमति दिइएको छ ।

अब भारतको नयाँ दिल्लीका लागि नेपाल वायुसेवा र एयर इन्डियाले नियमित उडान भर्ने छन् । नेपाल वायुसेवाले कतारको दोहाका लागि पनि उडान अनुमति पाएको छ । कतार एयरवेजलाई पनि दोहाका लागि उडान अनुमति दिइएको छ । 

त्यसैगरी टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्सले उडान भर्न पाएको छ ।

अब दिल्लीका लागि उडान भर्न हरेक बुधबार र शुक्रबार छुट्याइएको छ । प्रत्येक बिहीबार अमेरिका र युरोपका यात्रुले टर्किस र कतार एयरलाइन्सबाट सेवा लिन सक्ने छन् । दोहा हुँदै मध्यपूर्वी जानेका लागि कतार एयरलाइन्स र नेपाल वायुसेवाले उडान भर्नेछन् । 

कोरोना संक्रमणको अवस्था हेरेर नियमित उडान थपघट हुने नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

यसैबीच सरकारले विदेशबाट आउनेहरूका लागि १० दिन आफ्नै खर्चमा होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने र १० दिनमा कोरोनाको लक्षण नदेखिएमा मात्र आफ्नो गन्तव्यमा अनुमति दिने भएको छ । लक्षण देखिएमा पिसिआर परीक्षण गर्ने र पोजेटिभ देखिएमा तोकिएको स्थानमा बस्ने र ठीक भएपछि मात्र घर जान सक्ने व्यवस्था गरिएको छ । 

यो पनि