चैत १६, २०८०, शुक्रबार
               

झापाका पालिकालाई सात अर्ब १८ करोड सङ्घीय बजेट

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई ७६ करोड ५२ लाख बजेट छ । 

अर्जुनधारा नगरपालिकालाई ४७ करोड ७१ लाख, कन्काईलाई ५८ करोड १८ लाख, गौरादहलाई ४८ करोड ५१ लाख,  दमकलाई ७० करोड १७ लाख, बिर्तामोडलाई ७० करोड १७ लाख, भद्रपुरलाई ५० करोड छ लाख र शिवसताक्षी नगरपालिकालाई ५७ करोड ९७ लाख बजेट विनियोजन भएको छ ।

यसैगरी गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट कमल गाउँपालिकालाई रु ४८ करोड ३३ लाख छुट्टिएको छ । गौरीगञ्जलाई रु ३४ करोड ८६ लाख, कचनकबललाई रु. ३८ करोड ८७ लाख, झापालाई रु ३४ करोड ८४ लाख, बाह्रदशीलाई रु ३४ करोड १८ लाख, बुद्धशान्तिलाई रु ३५ करोड७६ लाख र हल्दिवारी गाउँपालिकालाई रु ३२ करोड ३१ लाख बजेट विनियोजन भएको छ । 


कस्तो लाग्यो ?

यो पनि