कोरोनाबाट ज्यान गुमाएकाहरूका सन्तानलाई सरकारले छात्रवृत्ति दिने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएका हुन् । य
त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेटमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।