बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

आगामी वर्षकाे बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गर्ने भएकाे छ । 

शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट अध्यादेशमार्फत बजेट भाषणका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्। 

संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।

स्थानीय स्तरका आयोजनाहरूमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवालाई न्यूनतम सय दिनको रोजगारी दिइने छ । यसका लागि सरकारले १२ अर्ब बजेट विनियोजन गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि