बैशाख २६, २०८१, बुधबार
               

विदेशी पर्यटकलाई एक महिनाको फ्री भिसा

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

सरकारले आगामी आर्थिक वर्षदेखि कोभिड–१९ को प्रभाव कम नभएसम्म नेपाल घुम्न आउने पर्यटकलाई एक महिनाको फ्रि भिसा दिने जनाएको छ ।  आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । 

शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा नि:शुल्क उपलब्ध गराइने बताए। 

पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको उत्थानका लागि निजामती कर्मचारीलाई १० दिनको तलब बराबरको पर्यटन कागज दिइने पनि मन्त्री पौडेलले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि