जेठ ०९, २०८१, बुधबार
               

स्वास्थ्यमा बजेट बढ्यो

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको बजेट बढाएको छ ।

आर्थिक वर्ष २०७८/७९ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्यतर्फ स्वास्थ्यमा एक खर्ब २२ अर्ब बजेट बिनियोजन गरिएको जनाएका हुन् ।

त्यसैगरी सातै प्रदेशमा सरुवा रोग अस्पताल खोल्ने पनि बजेटमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकामा तीन सय सय्याको सरुवा रोग अस्पताल स्थापना गरिने जनाइएको छ ।

त्यसैगरी रोगी नेपाल अभियानलाई प्रभावकारी बनाइने, सबै प्रदेशमा आयुर्वेद अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

बजेटले पुनर्कर्जा सुविधालाई निरन्तरता दिने जनाएको छ । तर यसको क्षेत्र र रकमको सीमा विस्तार गरिने बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बिनियोजन गरिएको छ । बजेटले थप एक लाखलाई रोगजारमूलक तालीम दिने योजना समावेश गरेको छ ।

ज्येष्ठ नागरिकको भत्ता बृद्धि गरिएको छ । अब बृद्ध भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याइएको छ ।


कस्तो लाग्यो ?

यो पनि