बैशाख २२, २०८१, शनिबार
               

चीन, कतार र टर्कीका लागि हवाइसेवा खुला

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले चीन, कतार र टर्कीका लागि हवाइसेवा खुला गरेको छ । तर हवाइसेवा सातामा एक दिनमात्र हुने छ । 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ती तीन मुलुकको नियमित हवाइसेवा खोल्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले नेपाल फ्ल्यासलाई जानकारी दिए । यो निर्णय पाँच दिनपछि अर्थात जेठ १८ गतेदेखि लागू हुनेछ ।

चीनको सबै भूभाग खुला गरिएको छ भने टर्कीको इस्तानबुल र कतारको दोहामा नियमित हवाइसेवा खोलिएको हो । 

बैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेकका मुलुकको हवाइसेवामा रोक लगाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि