बैशाख १९, २०८१, बुधबार
               

८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

आइतबार कारोबारमा आएका ८ कम्पनीककाे शेयर सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन रु रु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने शिखर इन्स्योरेन्सको ९.९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९.९५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९० प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ९.९० प्रतिशतले बढेको छ।

यस दिन केहि हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य भने उच्च दरले घटेको छ। यस दिन युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले घटेको छ भने आँखुखोला हाइड्रोपावरको शेयरमूल्य ३.९० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.८५ प्रतिशत, घलेम्दी हाइड्रोको ३.७७ प्रतिशत र एनआरएन इन्फ्रास्टक्चरको ३.४२ प्रतिशतले घटेको छ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ८५ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनसीसी बैंकको ३१ करोड ५७ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको २९ करोड जलविद्युत लगानी तथा विकास कम्पनीको २५ करोड र शिखर इन्स्योरेन्सको २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।


कस्तो लाग्यो ?

यो पनि