बैशाख १९, २०८१, बुधबार
               

साताको तेस्रो दिन २७ दशमलव ४७ अंकले बढ्यो नेप्से परिसूचक

नेपाल फ्ल्यास
बैशाख २८, २०७८

ADVERTISEMENT

काठमाडौं । साताको तेस्रो दिन सेयर मूल्य बढेको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेको छ ।

त्यसैगरी, मंगलबार ६ अर्बबराबर कारोबार भएको छ । दिनभर भएका ६२ हजार ६५९ कारोबारबाट २२० कम्पनीका एक करोड आठ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ पुगेको हो ।

नेप्सेमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन् । सबैभन्दा धेरै व्यापार समूहको इन्डेक्स ५ दशमलव ७९ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सबइन्डेक्स २ प्रतिशत धेरैले बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि