बैशाख १९, २०८१, बुधबार
               

साताको दोस्रो दिन बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो दिन सुनको मूल्य वृद्धि भएको छ । साताको पिहलो दिनको तुलनामा आज तोलामा २०० रुपैयाँले बढेर कारोबर भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १००ले बढ्दा प्रतितोला ९१ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

सोमबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री हुँदै छ । आइतबार चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा झरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि