जेठ ०९, २०८१, बुधबार
               

९०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
बैशाख १७, २०७८

ADVERTISEMENT

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज ९०० रुपैयाँले घटेको हो । आइतबार सुन ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो। बुधबार सात सयले घटेको सुन बिहीबार तीन सयले बढेको थियो ।

गत हप्ता आइतबार सुन २ सयले बढेको थियो। सोमबार ३ सयले बढेको सुन मंगलबार ३ सयले नै घटेको थियो । यस्तै बुधबार १३ सयले बढेको थियो भने बिहीबार ३ सयले बढेको थियो। शुक्रबार २ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८९ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ४५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य आज २० रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार २९५ मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि