बैशाख २३, २०८१, आइतबार
               

साताको तेस्रो दिन नेप्से सूचक ९२.४६ अंकले वृद्धि

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौं । साताको तेस्रो साता सेयर बजार उकालो लागेको छ । साताको पहिलो र दोस्रो दिन ओरालो लागेको बजार तेस्रो दिन पूरै हरियो भएर बन्द भएको छ । 

यअसघि २७ सय विन्दुभन्दा माथि लागेपछि प्राविधिक औजारहरुलाई हेर्दै ट्रेडरहरुले सेयर बेचेर नाफा सुरक्षित गरेका थिए । त्यही क्रममा कोरोना संक्रमण र लक डाउनका खबरहरु सार्वजनिक भए । यसले पनि बजारलाई थप तल झार्ने काम गर्यो । सर्वसाधारण लगानीकर्ता अलि बढी प्यानिक पनि भए ।

साताको तेस्रो साता  ११ कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । कारोबारको अन्तिम समयसम्म आउँदा अपर तामाकोशीको शेयर मुल्य १० प्रतिशत बढेको छ । यस्तै अन्य १० कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ ।

विशाल बजार,महिला लघुवित्त,युनाइटेड इन्स्योरेन्स,सुमित लघुपवित्त,मल्टिप्रपोज फाइनान्स,ग्लोबल आइएमी लिमिटेड, अरुण भ्याली,छ्याङदी हाइड्रोपावर,उन्नति सहकार्य लघुवित्त र युनाइटेड आईडीआई मर्दी आरबि को शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

नेप्से सूचक ९२.४६ अंकले बढेर २५९९९.०७ विन्दुमा आइपुगेको छ । बजार ३.६९ प्रतिशत ले बढेको हो । ११ कम्पनीको भाउ ९ प्रतिशत र त्यसभन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि