जेठ ०९, २०८१, बुधबार
               

मंगलबार घट्यो सुनको मुल्य

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

सोमबार स्थिर रहेकाे सुनकाे मूल्य आज सामान्य घटेकाे छ । सोमबार ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलबार घटेको छ । आज सुन प्रतितोला १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा खरिद विक्री भइरहेको छ । सोमबार ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मुल्य भने सोमबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि