बैशाख २३, २०८१, आइतबार
               

सातामा नेप्से परिसूचक तीन प्रतिशत घट्यो

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो साता नेप्से परिसूचक तीन प्रतिशत घटेको छ।

गत साताको अन्तिम कारोबार दिन २७३५.३९ बिन्दुमा बन्द भएको नेप्से, यो साता ३.१९ प्रतिशत अर्थात् ८७.३९ अंक घटेर २६४८.०० बिन्दुमा बन्द भएको हो।

बजार खुलेको पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार ओरालो लागेपछि नेप्से ८७.३९ अंक घटेको हो ।

त्यसैगरी, पछिल्लो साता सेन्सेटिभ इन्डेक्स १५.८४ अंक घटेको छ भने फ्लोट इन्डेक्स ६.३५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.९८ अंक घटेको छ। त्यसैगरी,यो साता ३२ अर्ब ७९ करोडबराबरको कारोबार भएको छ । 

यस साता कुल बजार पूँजीकरण ३.१९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३७ खर्ब ८७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता १ खर्ब २० अर्ब रुपैयाँ घटेर ३६ खर्ब ६६ अर्ब रुपैयाँमा सीमित भएको छ।


कस्तो लाग्यो ?

यो पनि