बैशाख २३, २०८१, आइतबार
               

करिब १६ अंकले बढ्यो नेप्से परिसूचक

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । बिहीबार नेप्से परिसूचक करिब १६ अंकले बढेको छ । बिहीबार उच्च अंकको गिरावटपश्चात् नेप्से उल्लेखित अंक बढेको हो ।

परिसूचक १५.८० अंक बढेर २६४८.०१ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ३.२१ अंक बढेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स १.१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८६ अंकले बढेको छ। 

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि केही सुधार भएको छ। यस दिन २१४ कम्पनीको ७५ हजार १०८ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँबराबरको एक करोड ३० लाख ३२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 


कस्तो लाग्यो ?

यो पनि