जेठ ०८, २०८१, मंगलबार
               

सुनको मूल्य तोलामा ३०० रुपैयाँ घट्यो

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ ।  सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि