जेठ ०८, २०८१, मंगलबार
               

अब बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

अबदेखि बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई ऋण दिन नपाउने भएका छन्।  बीमा समितिले बीमा कम्पनीहरूले अभिकर्ताहरुलाई बीमा गराएको आधारमा ऋण लगानी गर्दै आएको भन्दै तत्कालै रोक्न निर्देशन दिएको छ।

अहिले नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालित छन् । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई एकैपटक पत्राचार नै गरेर बीमा अभिकर्ताहरुलाई ऋण लगानी रोक्न निर्देशन दिएकोे समितिले जनाएको छ ।

त्यस्तै अहिलेसम्म लगानी भएको कर्जासमेत असार मसान्तभित्र उठाउनसमेत समितिले निर्देशन दिएको छ। जीवन बीमा कम्पनीहरुले ८ अर्ब रुपैयाँ भन्दा धेरै अभिकर्ताहरुलाई कर्जा लगानी गरेको र यस्तो कर्जा ३ महिनाभित्र फरफारक गर्न समितिले निर्देशन दिएको 


कस्तो लाग्यो ?

यो पनि