जेठ ०९, २०८१, बुधबार
               

नेप्से प्रि-ओपन सेसनमा २४ अंक बढ्यो

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २४ अंक बढेको छ।

गत सातको अन्तिम दिन अर्थात् बिहीबार २०.६१ अंक बढेर २७३५.४० विन्दुमा बन्द भएको नेप्से, आइतबार प्रि ओपन सेसनमा २४.५१ अंक बढेर २७५९.९० बिन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.८५ अंक बढेको छ।

यस दिन प्रि ओपन सेसनमा ६५ कम्पनीको तीन करोड १९ लाख पाँच हजार २८७ रुपैयाँ बराबरको कित्ता शेयर खरिदबिक्री भएका छन् ।

जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।


कस्तो लाग्यो ?

यो पनि