जेठ ०९, २०८१, बुधबार
               

नयाँ वर्षको पहिलो दिन नेप्सेले बनायो नयाँ रेकर्ड

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन नेप्से नयाँ अलटाइम हाइ रेकर्डमा पुगेको छ । 

गत वर्षको अन्तिम कारोबार दिन बनेको अलटाइम हाइ रेकर्डलाई गर्दै नेप्सेले साताको अन्तिम दिन अर्थात् नयाँ वर्षको सुरुवाति दिन (बिहिबार) मा नयाँ रेकर्ड बनाएको हो ।

गत मंगलबार २३.२३ अंक बढेर २७१४.७९ विन्दुमा बन्द भएको नेप्से यस दिन २०.६१ अंक बढेर २७३५.४० बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो।

बिहीबार ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बेष्ट फाइनान्स कम्पनी, एनआइसी एसिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभमा कारोबार भएको हो। कारोबारमा आएका मल्टीपर्पस फाइनान्स, नेशनल माइक्रोफाइनान्स र समिट माइक्रोफाइनान्सको शेयरमूल्य भने यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ।


कस्तो लाग्यो ?

यो पनि