बैशाख २४, २०८१, सोमबार
               

बजेटमा राखिएका कार्यक्रम कार्यान्वयनमा सुधार ल्याउने अर्ममन्त्री पौडेलको प्रतिबद्धता

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेख भएका, तर कार्यान्वयन हुन नसकेका कार्यक्रमलाई सरकारले प्राथमिकता नदिने बताएका छन् । 

मंगलबार  प्रतिनिधिसभा, अर्थसमितिको प्रि-बजेट छलफलमा अर्थमन्त्री पौडेलले सो बताएका हुन् । ‘विगतमा बजेटमा कार्यक्रम राख्ने तर कार्यान्वयन नहुने परिपाटीले स्रोतको उचित उपयोग हुन नसक्छ,’ छलफलका क्रममा मन्त्री पौडेलले भने,  ‘यो प्रवृत्तिमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्छु, र आगामी आवको बजेट कोरोना महामारी र यसले सिर्जना गरेको कठिन परिस्थितिसँग जुध्नसमेत उपयोगी हुने बजेट ल्याइनेछ ।’

तर, उनले आर्थिक पुनर्स्थपना कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्दै राष्ट्रिय गौरव र ठूला आयोजनालाई बजेट सुनिश्चित गर्ने बताए ।  

संविधान, पार्टीको घोषणापत्र, १५ औँ आवधिक योजना र समृद्ध नेपाल सुखी नेपालको नारा सफल बनाउने गरी बजेट निर्माण गरिने उनको भनाइ छ । नेपाललाई अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नती गर्न आवश्यक मापदण्ड पूरा गर्न बजेट केन्द्रित हुने उनले जानकारी दिए । उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी बजेट आउने उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि