बैशाख २१, २०८१, शुक्रबार
               

पेट्रोलियम पदार्थको मूल्य वृद्धिकोविरुध अनेरास्वियुले गर्‍यो प्रदर्शन(तस्वीरसहित)

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियको प्रदर्शन गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि सोमबार माधव समूह अनेरास्वियु सोको विरोध तथा प्रदर्शनमा उत्रिएको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्वियुले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्र समेत बुझाएको छ ।


कस्तो लाग्यो ?

यो पनि