बैशाख २३, २०८१, आइतबार
               

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा : निफ्रा र अपरको उच्च कारोबार

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक उच्च कारोबारका साथ २५.७१ अंक बढेर २६५७.६१ बिन्दुमा पुगेको छ । जुन बिन्दु हालसम्मकै उच्च हो । आइतबार क्रमश: निफ्रा, अपर एनआरसीको सबैभन्दा बढी कारोबार भएको छ । 

त्यसैगरी, आइतबार सेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ। यसदिन नेप्सेमा २१२ कम्पनीको ८९ हजार ८६० पटकको कारोबारमा ९ अर्ब ६८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य भने सर्वाधिक ४.६३ प्रतिशत घटेको छ। त्यसैगरी, सर्पोट माइक्रोफाइनान्स र एनआईडिसीएलको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।


कस्तो लाग्यो ?

यो पनि