जेठ ०८, २०८१, मंगलबार
               

कति छ आज सुनको मूल्य ?

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

साताको पहिलोदिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । गत हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार २ सयले बढेको थियो भने मंगलबार ५०० रुपैयाँले घटेको थियो । बुधबार ४०० ले घटेको सुन विहीबार ९०० ले बढेको हो । शुक्रबार सुन ९०० ले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ८७ हजार ४०० मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ९५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि आज स्थिर छ । चाँदी तोलामा एक हजार २४० मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि