बैशाख २३, २०८१, आइतबार
               

साताको अन्तिम दिन नेप्से २६३१.८९ बिन्दुमा : सात अर्बभन्दा बढीको कारोबार

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

बिहीबार नेप्से परिसूचक १२.८८ अंक बढेर २६३१.८९ बिन्दुमा पुगेको छ। साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से २६.४८ अंक बढेर २६४५.५० बिन्दुमा पुगेको थियो। 

प्रि ओपन सेसनमा अलटाइम हाइभन्दा माथि पुगेको नेप्से, नियमित कारोबार खुल्नेबित्तिकै तीव्र गतिमा ओरालो लागे पनि आधा घण्टापछि बजार पुन: उकालो लागेको थियो । 

त्यसैगरी, बिहीबार सेन्सेटिभ इण्डेक्स २.८३ अंक बढेर ४६६.४२ बिन्दुमा पुगेको छ। 

बुधबार ६ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २१८ कम्पनीको ७४ हजार २०८ पटकको कारोबारमा सात अर्ब २५ करोड नौ लाख २४ हजारबराबरको एक करोड ४३ लाख ९० हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

साञ्जेन जलविद्युत कम्पनी, युनाइटेड फाइनान्स, किसान माइक्रोफाइनान्स, वोमी लघुवित्त, एनआइसी एसिया लघुवित्त, अजोड इन्स्योरेन्स र स्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए । त्यसैगरी, यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य नौ प्रतिसतभन्दा बढी बढेको छ।

सतप्रतिसत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको एचआईडिसिएलको सेयरमूल्य भने यस दिन सर्वाधिक ५.५३ प्रतिसत घटेको छ।


कस्तो लाग्यो ?

यो पनि