जेठ ०९, २०८१, बुधबार
               

एकैदिन ९०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज प्रतितोला सुन ९०० ले बढेको हो । यस हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो । बुधबार ४ सयले घटेको सुन आज ९ सयले बढेको हो ।

आज छापावाला सुनको प्रतितोला ८६ हजार ५०० रुपैयाँ कायम भएकाे छ । तेजाबी सुन आजका लागि ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार २१० मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि