बैशाख २४, २०८१, सोमबार
               

५.४५ अंक घट्यो नेप्से परिसूचक : निफ्राको कारोबार उच्च

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

सोमबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि केही गिरावट देखिएको छ।

सोमबार नेप्से परिसूचक ५.४५ अंक घटेर २५४३.५२ बिन्दुमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन पनि ओरालो लागेको नेप्से सोमबार सोही लय समात्दा बजार गिरावट भएको हो । बजारले २५५० को प्रतिरोध परीक्षण गरिरहेको विश्लेषकहरु बताउँछन्। सो बिन्दुलाई तोडेर उकालो लागेमा मात्रै बजारले सकारात्मक दिशा लिने उनीहरु बताउँछन्।

यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। गत बिहीबार साढे ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०९ कम्पनीको ६४ हजार ५१५ पटकको करोबारमा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४४ करोड ३१ लाख ६५ हजारबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, क्रमश: अपर तामाकोशी र चन्द्रागिरि हिल्सका सेयर कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि