बैशाख २३, २०८१, आइतबार
               

रुरु जलुविद्युत् परियोजनाले आइपिओ निष्काशन गर्दै

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं । रुरु जलुविद्युत् परियोजनाले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत २० गतेदेखि १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर निष्काशन गर्ने भएको हो ।

कुल चार लाख सात हजार सात सय ६ कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।जसमध्ये आठ हजार एक सय ५४ कर्मचारी र २० हजार तीन सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी तीन लाख ७९ हजार एक सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपिओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्ने छ । रुरु जलविद्युतको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि