बैशाख २३, २०८१, आइतबार
               

एकैदिन ६३.३८ अंक बढ्यो नेप्से परिसूचक

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार सेयर बजार हरियो बनेको छ । साताको पहिलो दिन नेप्से परिसूचक  ६३.३८ अंक बढेर २५३८.४६ बिन्दुमा पुगेको छ। आइतबार सेन्सेटिभ इन्डेक्स९.४४ अंक बढेर ४५३.५९ बिन्दुमा पुगेको छ।

यस दिन २०६ कम्पनीको ८० हजार ९८६ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको १ करोड २४ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्ताहरु उत्साहित भएको छन्।

आइतबार बजारलाई हरियो बनाउन मुख्य भूमिका खेल्यो आइतबार कारोबारमा आएका नौ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्। यस दिन स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त, सूर्योदय लघुवित्त, सामुदायिक लघुवित्त, समिट माइक्रोफाइनान्स, चन्द्रगिरि हिल्स, किसान लघुवित्त, स्वाभिमान लघुवित्त र युनाइटेड इदी मार्दीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

गत साता मात्र सूचीकृत भइ कारोबारमा आएको ग्रीनलाइफ हाइड्रोपावरको सेयरमूल्य यस दिन ६.०६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन खानीखोला हाइड्रोपावरको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।


कस्तो लाग्यो ?

यो पनि