बैशाख २४, २०८१, सोमबार
               

अन्तिम साता सेयर बजारमा सुधार

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं  । विगत केही साता ओरालो लागेको नेप्से परिसूचक पछिल्लो समय उकालो लागेको छ ।  गत साताको अन्तिम कारोबार दिन २५४८.४८ बिन्दुमा बन्द भएको नेप्से यस साता १६.६१ अंक अर्थात् ०.६८ अंक बढेर २४७५.०९ बिन्दुमा पुगेको छ।

यस साता सेन्सेटिभ इन्डेक्स भने सामान्य घटेको छ। समीक्षा अवधिमा यो इन्डेक्स १.०८ अंक घटेर ४४४.१५ बिन्दुमा पुगेको छ। यस साता फ्लोट इन्डेक्स १.१२ अंक बढेर १७०.०७ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३५ अंक बढेर १४४.२७ बिन्दुमा पुगेको छ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि सुधार भएको छ। तर, औषत कारोबार रकम भने घटेको छ। गत साता १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। यस साता २० अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। गत साता ३ कारोबार दिन मात्र बजार खुलेका कारण कारोबार रकम कम देखिएको थियो।


कस्तो लाग्यो ?

यो पनि