जेठ ०७, २०८१, सोमबार
               

खोप किन्न विश्व बैंकबाट ८ अर्ब ७० करोड ऋण

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

नेपालले कोरोना खोप किन्न विश्व बैंकसँग ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् (८ अर्ब ७० करोड रुपैयाँ) ऋण लिने भएकाे छ । विश्व बैंकको सञ्चालक समितिले खोप किन्न विश्व बैंकसँग सहुलियत ऋण लिने नेपालको प्रस्ताव आज स्वीकृत गरेको हो ।

विश्व बैंकले खोपको समान र प्रभावकारी वितरणले मात्र नेपालको जनस्वास्थ्य क्षेत्रका चुनौती सम्बोधन हुने भन्दै प्रभावकारी खोप प्रणाली विकासका लागि ऋण सहायता उपलब्ध गराउन लागेको हो ।

विश्व बैंकका नेपाल, श्रीलंका र मालदिभ्सका लागि राष्ट्रिय निर्देशक रहेका फारिस हदाद जर्भोसले नेपाल सरकारले ७२ प्रतिशत जनसंख्यामा खोप पुर्‍याउने लक्ष्यलाई एक सशक्त साझेदारको रूपमा विश्व बैंकले सघाएको बताएका छन् ।

विश्व बैंकले यसअघि पनि नेपाललाई कोभिड–१९को आपतकालीन सामना गर्नका लागि २ करोड ९० लाख डलर सहुलियत ऋण सहयोग दिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि