बैशाख १३, २०८१, बिहीबार
               

साताको अन्तिम दिन नेप्सेसँगै कारोबार पनि बढ्यो

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौं  । बिहीबार नेप्से परिसूचक करिब ४३ अंक बढेको छ । साताको अन्तिम दिन नेप्सेसँगै कारोबार पनि बढेको छ । 

बिहीबार नेप्से परिसूचक ४२.९५ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.५५ अंक बढेर ४४४.१५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंक बढेको छ।

बिहीबार २१३ कम्पनीका ५७ हजार ७४२ पटकको कारोबारमा चार अर्ब ६६ करोड १७ लाख ९२ हजार बराबरको एक करोड १६ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। जुन बुधबारको तुलनामा एक अर्बभन्दा बढी हो।

जसका कारण नेप्सेसँगै कारोबार रकम पनि बढेकोले नेप्से पुनः बुलिश लयमा फर्किएको विश्लेषण बजारमा हुन थालेको छ। हालसम्मकै उच्च विन्दु २६४० विन्दुमा पुगेको नेप्से, करिब ३ साताको करेक्सन पछि गत मंगलबार २३७० विन्दुमा टेवा पाएर फर्किएको थियो।

नेप्से सूचक उकालो लागे पनि भोल्यूम कम भएका कारण लगानीकर्ताहरु बजार फर्किएको हो कि होइन भन्ने अन्योलमा थिए। तर, यस दिन नेप्से र भोल्यूम दुबै बढेसँगै बजार अब पुनः बुलिश यात्रामा अघि बढेको विश्लेषण हुन थालेको हो। आगामी साताको कारोबारले अझ स्पष्ट पर्ने जानकारहरु बताउँछन्।

पछिल्लो समय सेयर बजार बढ्दा सरकार र लगानीकर्ता दुवैले लाभ लिएका छन् । सेयर कारोबार बढ्दा सरकारले पाउँने पुँजीगत लाभकर बढेको छ । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा (फागुन सम्म) सात अर्ब २८ करोड ७० लाख १० हजार रुपैयाँ पुँजीगत लाभकर सरकारले प्राप्त गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि