बैशाख २३, २०८१, आइतबार
               

नेप्से सूचक ४०.४० अंकले बढ्यो

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

 

काठमाडौं । बुधबार नेप्से सूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स  ८.११ अंकले बढेर ४३८.६० विन्दुमा पुगेको छ।

मंगलबार नेप्से सूचक घटेर २३७० विन्दुसम्म झरे पनि सोही विन्दुबाट बजार लगातार उकालो लागेको हो। २३७० विन्दुको टेवा विन्दुबाट बजार बढ्न थालेपछि केहि लगानीकर्ताहरुले भने बजारमा करेक्सन सकिएको र पुनः पुरानै लयमा फर्किएको विश्लेषण गरेका छन्।

तर, केही लगानीकर्ता भने कारोबार रकमले साथ नदिएकाले कन्फरमेशनको लागि अझै बिहीबारसम्म कुर्नुपर्ने देखिएको बताउछन्। नेप्से सूचक बढेपनि कारोबार रकम बढ्न नसक्दा लगानीकर्ताहरु अझै 'पर्ख र हेर' को अवस्थामा रहेको देखिन्छ।


कस्तो लाग्यो ?

यो पनि