बैशाख १२, २०८१, बुधबार
               

पछिल्लो साता करिब दुई प्रतिशत घट्यो नेप्से

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो साता नेप्से परिसूचक करिब दुई प्रतिशत घटेको छ ।

गत साताको अन्तिम कारोबार दिन २५५४.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.८६ प्रतिशत अर्थात ४७.४५ अंक घटेर २५०६.६८ विन्दुमा झरेको छ। कारोबार भएका पाँच दिनमध्ये तीन कारोबार दिन उच्च अंकले ओरालो लाग्दा यस साता समग्रमा नेप्से घट्न पुगेको हो।

त्यसैगरी, यस साता सेन्सेटिभ इन्डेक्स २.२४ प्रतिशत, फ्लोट इन्डेक्स १.८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९७ प्रतिशत घटेको छ।

यस साताको गिरावटलाई विश्लेषकहरुले करेक्सनको संज्ञा दिएका छन्। बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेका कारण यस साता करेक्सन भएको विज्ञहरुको विश्लेषण छ । 

तर, बजार अझै बुलिस ट्रेण्डमा नै रहेका कारण करेक्सन सकिएपछि पुनः उकालो लाग्ने उनीहरु बताउँछन् । साताको अन्तिम कारोबार दिन भएको ९० अंकको वृद्धिलाई करेक्सन सकिएर उकालो लागेको उनीहरुको तर्क छ । 


कस्तो लाग्यो ?

यो पनि