जेठ ०७, २०८१, सोमबार
               

२२ तोला सुनको सिक्रीसहित एक भारतीय नागरिक पक्राउ

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट २२ तोला सुनको सिक्रीसहित भारतीय नागरिक तापस सस्माल पक्राउ परेका छन् । 

ना. १ ज ७९२१ नम्बरको टाटा सुमो गाडी चेकजाँच गर्ने क्रममा त्यसमा सवार तापस सस्मालको साथबाट २२ तोला ३२ लाल तौलका २४ थान सिक्री फेला परेका हुन् । 

तापसको झोला चेकजाँच गर्ने क्रममा सुनको सिक्रीको बिल भर्पाई नभएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि