जेठ ०५, २०८१, शनिबार
               

तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य उकालो लागेको छ । तोलामा मङ्गलबार एक हजार ७००ले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५००  रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा ८७ हजार ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदी तोलामा २५ रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने एक हजार ३१५ मूल्य निर्धारण भएको छ । 


कस्तो लाग्यो ?

यो पनि